विप्लव नेतृत्वको नेकपाका माइला लामा यसरी परे पक्राउ
काठमाडौं ५ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाका नेता माइला लामा काभ्रेबाट काठमाडौं छिर्नेवित्तिकै पक्राउ परेको खुल्नआएकचो छ ।विप्लव समूहका कार्यकर्ता रेशम लामाको बुबाको निधन भएपछि परिवारलाई भेट्न लामा त्यहाँ पुगेका थिए । तर, फर्किएर काँडाघारीमा बसेकै मध्यराति उनी पक्राउ परेका हुन् ।
बयानका क्रममा उनले पार्टीको कामको सिलसिलामा आफू पत्यकाको विभिन्न क्षेत्रमा बस्ने गरेको बताएका छन् ।प्रहरीले उनलाई एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी भएको नख्खु बम विष्फोटमा जोडेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्ने तयारी गरेको छ । लामामाथि राज्यविरुद्धको कसूर अपराधअन्तर्गत पनि कारबाही हुने जनाइएको छ ।
को हुन् लामा
काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए ।लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए ।
माओवादी जनयुद्धको क्रममा उनका हातका केही औंलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ ।उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् । उनले संगीत दिएका धेरै गीतहरुमध्ये नेत्रविक्रम चन्द विप्लव को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित छन ।