लगातार मनसुन बर्षा भएपछी काठमाडौं उपत्यकामा जन जीवनप्रभाबित ।
काठमाडौं २७, असार । तिन दिनयता लगातार मनसुन बर्षा भएलगतै देशका मध्य र पूर्वी क्षेत्रमा अबिरल पानी परिरहेको छ। देशका मध्य पश्चिमी क्षेत्रमा पनि पानी पर्ने क्रम बढ्दै गएको छ। देशभरका प्रायः ठाउँमा मौसम बदलीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। आइतबारसम्म देशभर भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा पनि शुक्रबार रातिदेखि नै हावाहुरीसहित भीषण वर्षा भएको बताएको छ ।
अबिरल वर्षाले काठमाण्डौको जनजीवन प्रभावित बनाउनुका साथै कलंकीमा बस्तीमै बाढी परेको छ। त्यस्तै कुलेश्वरको ओरेन्टियल कोलोनीसहित आसापासका क्षेत्रमा जलमग्न भएको छ। कुलेश्वरमा रहेका कुलेश्वर अपार्टमेन्ट, म्याट्रो अपार्टमेन्ट र ओरियन्टल कोलोनी डुबानमा परेपछि नेपाली सेनाले रबर बोट डुङ्गा लगेर स्थानीयबासीको उद्धार समेत गरिरहेको छन । त्यस्तै मूलपानीमा पर्खाल भत्केर तीनजनाको मृत्यु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति दुख व्यक्त गर्नुका साथै उद्धार कार्य जारी रहेको जान्कारी दिएका छन्। वर्षाका बवजुद काठमाडौं उपत्यकामा आ आफ्नै गन्तव्यमा लागीरहेका छन । 

