बैतडीका ३ बालकको भारतबाट उद्धार
कठमाण्डौ । बैतडीको पछिल्लो समय भारत सँग सिमाना जोडिएको जुलाघाट नाकाबाट श्रमिकका लागि बालबालिका भारत जाने क्रम बढदै गएको छ ।
एक हप्ता अघि बैतडी जिल्ला प्रहरी कार्यालयको टोलिले २ बालबालिकाको उद्धार गरी परीवारको जिम्मा लगाइएकोमा हिजो ९मंगलबार० पनि ३ बालबालिकाको भारतको पिथौरागडबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको बताएको छ ।
सिमा प्रहरी चौकी झुलाघाटले मंगलबार भारतिय प्रहरी सँग समन्वय गरी पिथौरागडबाट सुर्नया गाउपालिकाका किसन दमाइका छोरा १७ वर्षीय पुस्कर दमाइ, दोगडाकेदार गाउपालिका ३ का गजेन्द्र भुलका छोरा १७ वर्षीय लक्ष्मण भुल र सोहि ठाउका गणेश भुलका छोरा १७ वर्षीय प्रकाश भुलको पिथौरागड बाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेयले जानकारी दिएका छन ।
बालश्रमिकको रुपमा भारतमा काम गरीरहेको सुचनाका आधारमा भारतीय प्रहरी सँग समन्वय गरी उद्धार गरिएको उहाले बताउनुभयो । तिन वटै बालकका अभिभावक सहित सुर्नाया गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष दिनेश प्रसाद भट्टलाई प्रहरी कार्यालयमा बोलाई जिम्मा लगाइएको प्रहरी कार्यालयले जनाएको छ ।
यस अघि गत शनिबार जिल्ला प्रहरी कार्यालय बैतडीले बालमजदुरको रुपमा भारत तर्फ गरिरहेका दार्चुलाका २ बालकलाई उद्धार गरि अभिभावकको जिम्मा लगाएको थियो ।