बझाङमा बालुवाको ढिस्कोमा पुरिएका घाइते तिनै जनालाई नेपालगन्ज र डडेलधुरा रिफर
बझाङ बझाङको वित्थडचिर गाउँपालिकाका वडा ५ र बैतडीको सिगास गाउँपालिकामा ९ को सिमना सिल्लिेधार स्थित बालुवा निकाल्ने क्रममा खानीमा च्यापिएर घाईते भएका तीन जनालाई देउलेख प्राथमिक स्वास्थ केन्द्र बझाङले उपचार ह’न नसकेर नेपालगन्जर डडेलधुरा रिफर गरेको छ । गम्भीर घाइते कुटुरी देवि महरलाई नेपालगन्ज गरिएको छ भने गम्भा देवि महर र हरिभान महरलाई डडेलधुरा उपक्षेत्रीय अस्पताल डडेलधुरा रिफर गरीएको हो । बालुवाखानीमै च्यापिएर चाखुरी देवि महरको घटना स्थलमै ज्यान गएको गएको थियो ।
उत्त घटना बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ५ मा निर्माण भईरहेको स्वास्थ चौकी भवन निर्माणको लागि बालुवा लिन वित्थडचिर गाउँपालिकाका वडा ५ र बैतडीको सिगास गाउँपालिकामा ९ को सिमना सिल्लिेधार स्थित गएका उनीहरुको बालुवा निकाल्ने क्रममा बालुवाको ढिस्को नै भत्किँदा सो घटना भएको थियो ।