बाढी-पहिरोमा मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० जना बेपत्ता
काठमाडौं ३० असार : बिहीबारदेखि आएको अविरल वर्षाको कारण देशभर अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालय जारी गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन्।
बाढी, पहिरो र डुबानमा परी हालसम्म ३० जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १८ पुरुष र १२ महिला रहेको प्रहरीले जानकारी दिएको छ यस्तै, ३८ जना घाइते भएका छन्। तीमध्ये २१ पुरुष र १७ महिला रहेका छन्। देशभरबाट एक हजार ४४६ जनाको उद्धार गरिएको छ।

थाहा खबरबाट