युवतीमाथि सिरिन्ज प्रकरण बनेपाबाट पक्राउ परे स्याङ्जाका शिक्षक
काठमाडौं २३ असार, । दुईजना युवतीमाथि सिरिन्ज हानेको अभियोगमा बनेपाको चारदोबाटोबाट स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्ति शिक्षक भएको खुल्न आएको छ ।
बनेपाबाट पक्राउ परेका उनी स्याङ्जाको वालिङ नगरपालिका १३ का एकजना शिक्षक खगेन्द्र पाठक रहेको खुलेको हो उनलाई नजिकबाट चिन्ने पत्रकार प्रकाश डुम्रेका अनुसार उनी शान्त स्वभावका व्यक्ति हुन्।
उनी वालिङको सरस्वती माध्यमिक विद्यालयका शिक्षक भएको खुलेको छ। शिक्षक पाठकलाई चारदोबाटो चोकबाट गाउँलेले पक्रेर बुझाएपछि प्रहरीले अनुसन्धान थालेको हो । प्रहरी चौकीमा राखिएका उनले आफु त्यस्त कुनै घटनामा संलग्न नभएको दाबि गरेका छनद छन्।