बाजुरामा जिप दुर्घटना हुदा दुईजना को मृत्यु, ११ घाइते
काठमाण्डौ ३ श्रावण । बाजुराको फिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जिप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा दुर्घटना हुदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते छन्। दुर्घटनामा ४ जनाको अवस्था गम्भीर छ ।जिपमा १५ जना सवारी बामेकेर फिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गर्दा शुक्रबार बिहान ८ः३० बजे उत्त दुर्घटना भएको हो ।
दुर्घटनामा टीकापुर नगरपालिका–४ का जिपका चालक २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धवसिंह भाटले जानकारी दिए छन ।
प्रहरीका अनुसार, गम्भीर घाइते हरुको उपचारका लागि नेपालगन्ज लैजान हेलिकोप्टर मगाइएको बताईएको छ । अन्य घाइतेको भने कोल्टी स्वास्थ्य केन्द्रमा नै उपचार भइरहेको छ ।जिप दुर्घटना हुनुको मुख्य कारण कमजोर सडक संरचना रहेको प्रहरीले अनुमान गरेको छ ।