अछाममा बस दुर्घटना हुँदा १५ घाइते, चारको अवस्था गम्भीर
काठमान्डौ अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा हिजो बस दुर्घटना हुँदा १५ घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले बताउन’भएको छ ।
महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना ७ ख २५६४ नम्बरको बस सडकबाट करिब २५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार शुरु गरेको प्रहरी प्रमुख शाहीले जान्कारी दिएकाछन ।
बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा सडक भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ