डडेल्धुराका २ स्थानिय तहका ६ वडामा तालाबन्दी , दुईमा शंकास्पदवस्तु फेला
डडेल्धुरा । बिभिन्न स्थानिय तहका ६ वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।जिल्लाको भित्रि मद्येश अन्तरगत आलिताल गाउँपालिकाको वडा न. ३ र ८ का साथै परशुराम नगरपालिकाको वडा न. ७, ८, ९ र १० मा तालावन्दि गरिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।
परशुराम नगरपालिका ९ र १० मा लगाइएको ठूलो तालामाथि शंकास्पद बस्तु पनि राखिएको सम्बन्धित वडा कार्यालयहरुले जनाएका छन् ।प्लाष्टिकमा बेरेर बम आकारकोे शंकास्पद बस्तु राखिएको परशुराम नगरपालिका–९ का वडा अध्यक्ष रमेश बोहराले जानकारी दिए ।
शंकास्पद बस्तु भेटिएपछि प्रहरी परिचालन गरेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।भेटिएको बस्तु बम नै भएको भने पुष्टि हुन सकेको छैन ।
शंकास्पद बस्तु प्रतिबन्धित नेकपा ‘विप्लव’ समुहले राखेको हुन सक्ने स्थानीयका अनुमान छ ।