विराटनगरमा ढलको निकास नहुदा डुब्यो कोशी अस्पताल नै
कठमाण्डौ । विराटनगर मा लगातारको बर्षाका कारण जिल्का धेरै ठाउँ जलमग्न भएका छन । विराटनगरको केही बस्तीहरुमा पानीको सतह बढेपछि डुवानमाको अवस्थामा भएको छ । भनेल गातारको बर्षा भरहेकाले बजार क्षेत्रमा पनि पानी जमेको छ । वर्षाका कारण बिराटनगरको कोशी अञ्चल अस्पताल समेत डुबानमा परेको छ । रोडको पानी अस्पताल भित्र पस्दा औषधि पसलसहित प्रशासनिक भवनमा समेत पानी पसेको हो ।
विराटनगरमा ढलको निकास नगरी सडक बनाइएकाले अस्पताल भित्र पानी पसेको छ । लगातार पानी परिरहे ईमरजेन्सी कक्षमा समेत पानी पस्ने अबस्था रहेको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। रोशन पोखरेलले जानकारी दिए काछन । विराटनगरमा तीन सम्म लगातार वर्षा भइरहेको छ ।