अबिरल बर्षाका कारण सिंहदरबारको पर्खाल भत्कियो
काठमाडौं २७ असार । देशका विभिन्न ठाँउमा हिजो रातिदेखि नै अविरल वर्षा भइरहेको कारण देशका विभिन्न भागमा बाढी तथा पहिरोको प्रकोप देखिन थालेका छनत । यसै क्रममा वर्षाका कारण सिंहदरबारको पर्खाल पनि भत्केको छ ।
सिहंदरबारको पूर्वीगेट बाजेको सेकुवा नजिकको पर्खाल भत्किँदा अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला कमजोर भएको पर्खाल अविरल वर्षाले भत्किएको जनाइएको छ ।