बझाङमा एक युवतीको हत्याको आशंकामा ३ जनालाई प्रहरीले पक्राउ
बझाङ १९ असार । बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नं २ दहबगर बस्ती घर भएकी अन्ताजी २० बर्षीया ललीता कुमारी धामीको मंगलबार करबि ११ बजे तिर साथी घर जान्छु भन्दै हिडेकी मृतक अबस्थामा भेटिएपछि हत्याको आशंकामा प्रहरीले कालंगा हाइड्रो प्रालीमा काम गर्ने ३ जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
प्रकरणमा हाइड्रो प्रालीका जेसीबी चालक माधव बोहरा र सहचालक गोपाल बोहरासहित खडक विष्टलाई घटनामा संलग्न भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो।
मृतक धामी स्थानीय महेन्द्र उमावि गिरौ विधायालयमा कक्षा १२ मा हाल अहध्यन्रत थिइन । उनी मंगलबार दहबगरको खोचेगडा भन्ने स्थानमा मृतक भेटियकी थिइन ।
मृतक ललिताको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा भइरहेको जिल्ला प्रहरी प्रमुख सूर्यबहादुर केसीले जान्कारी दिएकाछन ।