मोरङमा अविरल वर्षाका कारण १ हजार ९ सय ५० जना विस्थापित बनेका छन । ।
काठमाडौं २७ असार । मोरङमा लगातारको वर्षाका कारण आएको बाढीले ४ सय ७० घर परिवारका १९ सय ५० जना विस्थापित भएका छन्। बाढीले विस्थापित हुने अधिकांश खोला किनारमा बसोबार गर्ने सुकुम्बासी घर परिवार रहेका छन्। विस्थापित परिवारलाई स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय मोरङको सहयोगमा सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जान्कारी दिएका छन । 
प्रमुख अधिकारी अनुसार बाढीका कारण सबैभन्दा बढी विराटनगर महानगरपालिका १, ८, ६ र १६ वडामा प्रभावित बनेका छन । साथै धनपालथान गाउँपालिकाको ४ ,५ र जहदा गाउँपालिका ८, कटहरी गाउँपालिका ४ नम्बर वडाका घरहरु डुवानमा परेका ह’न । विस्थापित घर परिवारका हरुलाई रेडक्रसको सहयोगमा १ सय भन्दा बढी त्रिपाल समेत वितरण गरिएको प्रमुख केसीले जानकारी दिनु भएको छ ।
\प्रशासन कार्यालयले उद्धार, खोज तथा विपद्मा परेकालाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको पनि जनाएको छ। कटहरी गाउँपालिका ४ स्थित भगवती टोल, फुलटोल मदुरा र गन्नु टोल बढी प्रभावित भएको जागरुक मिसन युवा क्लब कटहरी ४ का अध्यक्ष विनोद सिंहले बताउन’ भउको छ । फुलटोल मदुरामा मात्रै १ सय २ घर बाढीले गर्दा विस्थापित बनेको सिंहले जान्कारी दिनु भयो ।
कटहरी ४ नम्बर वडामा मात्रै २ सय बढी घर बाढीले प्रभावित बनेको वडा अध्यक्ष मन्टु सेखले बताए। घरभित्र पानी पसेका कारण खाना पकाउन समस्या देखिएपछि चिउरा, भुजा र चाउचाउ राहत वितरण गरिएको उनले बजानकारी दिए छन । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार रंगेली–कानेपोखरी सडक खण्डको कानेपोखरी २ को गेउरिया खोलामा हिजोदेखि बेपत्ता भएका एक व्यक्ति अझै फेला पर्न सकेको छैन। अन्दाजी २५र३० वर्षका युवा खोला तर्ने क्रममा खोलाले मोटरसाइकलसहित बगाएको थियो। उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ। यस्तै उर्लाबारीमा घाँसको भारीसहित खोलाले बगाएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ।