जहाज चिप्लिएपछि विमानस्थलले जारी गर्यो नोटाम, सवा १२ बजेसम्म विमानस्थल बन्द
काठमाडौँ २७ असार । काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय यति एयरलाइन्सको विमान अवतरणको क्रममा विमानस्थलको धवनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको छ । नेपालगञ्जबाट आएको यति एयरलाइन्सको ए टी आर ७२ विमान अवतरण गर्ने क्रममा चिप्लिएको जनएको छ । दुर्घटनामा १ जना घाइते भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । अन्य यात्रु भने सकुशल रहेका छन् ।

विमानस्थल सवा १२ बजेसम्मका लागि बन्द गरिएको छ । शुक्रबार बिहान यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर ९टिडिओ० ले जनाएका छन् । अफिसरका अनुसार साढे ११ बजेदेखि सवा १२ बजेसम्म नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको हो । यो अवधिभित्र चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेको छ ।