२५ वर्षमा उच्च सीप भएको जनशक्ति ३.८५ प्रतिशत पुग्ने प्रक्षेपण
काठमाडौं : नेपालमा २१०० सालसम्ममा उच्च सीप तथा क्षमता भएको जनशक्ति ३.८५ प्रतिशत पुग्ने प्रक्षेपण भएको छ ।सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलले सोमबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको प्रतिवेदनमा अहिले १.७६ प्रतिशत रहेको उच्च तह (सीप तह ४)को सीप भएको जनशक्ति २०९९/२१०० मा ३.८५ प्रतिशत पुग्ने उल्लेख गरेको छ । जनशक्तिको सीप तथा क्षमता तहका आधारमा पनि जनशक्तिको वर्गीकरण गरी प्रक्षेपण गरेको छ ।
सीप तह तीनको जनशक्तिको सन्दर्भमा वर्ष २०७४/७५ मा ४.४४ प्रतिशतबाट २०९९/२१०० मा ११.४८ पुग्ने प्रक्षेपण गरेको छ । सीप तह दुईको जनशक्ति हिस्सा २९.७३ प्रतिशतबाट बढेर ५५.२८ प्रतिशत पुग्ने प्रक्षपण गरेको छ ।न्यून (कम) सीप क्षमता भएको जनशक्तिको ठूलो हिस्सा ६४.०७ प्रतिशतबाट घटेर २९.३९ प्रतिशत हुने अनुमान छ । यसरी अर्थतन्त्रमा आएको आर्थिक संरचनाको परिवर्तनसँगै जनशक्तिको संरचनामा पनि परिवर्तन हुने मान्यताका आधारमा यो अनुमान र प्रक्षेपण कार्य गरेको प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रिपरिषद्ले डा. रुद्र सुवालको संयोजकत्वमा डा.माधवप्रसाद दाहाल, डा.इन्दिरा पराजुली, डा. ध्रुुवकुमार गौतम, डा. विश्वबाला शाह थापा, डा. समीर केसी, डा. राजेश झा सदस्य रहेको कार्यदल बनाएको थियो ।
शिक्षा मन्त्रालयका सहचिव रामशरण सापकोटा सचिवालय प्रमुखका रूपमा काम गरेका थिए । जनशक्ति प्रक्षेपण तथा अनुमानका विवरणरआकडाअनुसार पेसागत रूपमा जनशक्तिको औसत वार्षिक वृद्धिदर व्यवस्थापक ५.५९, पेसाविद् ३.८२, प्राविधिक तथा सहायक पेसाविद् ९६.३८ सहायकस्तरका कर्मचारीरकामदार ६.६४ प्रतिशतले बढ्ने अनुमान छ । शिल्पकला तथा कालीगढसम्बन्धी व्यापार गर्ने कामदार ४.०५, यन्त्र तथा मेसिन अपरेटर र जडान गर्ने कामदार ५.२२, कृषि वन तथा माछापालन कार्यका दक्ष कामदार २.३५ ले बढ्ने प्रक्षेपित अनुमान छ ।