दार्चुलामा नातामा दाजु बहीनी लगने एक होटलको कोठामा झुण्डिएको मृत्र अवस्थामा फेला
काठमाण्डौ २४ असार । दार्चुलाको महाकाली नगरपालिका–४ खलंगा बजारमा रहेको विष्ट बियर बारको एक कोठामा एक युवक र एक युवती झुण्डिएको अवस्थामा फेला परेका छन्। जिल्लाको शैल्य शिखर नरपालिका वडा नम्बर ५ बगौरा बस्ने २ जना झुण्डिएको मृत अवस्थामा फेला परेका छन ।
नातामा भाईबहिनी पर्ने महादेब डागा र मनिसा डागा दार्चुला सदरमुकाममा पर्ने महाकाली नगरपालिका वडा नं ४ को विष्ट वियर एण्ड बारमा कोठा गरी सोमबार राती बसेका हरु मंलबार विहान एउटै डोरीमा झुण्डीएको अवस्थामा फेला परेका हुन् ।
अन्दाजी २८ बर्षका महादेब र अन्दाजी २२ बर्षकी मनिसा नातामा दाजु बहीनी पर्छन् । मनिसाका विवाह भईसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको दार्चुला जिल्ला प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरीले मुचुल्का तयार गरी आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरिक्षक हिक्मत बहादुर बोहराले जान्कारी दिनु भएको छ ।