बझाङमा ललीताको हत्यामा माधवले नै स्वीकार गरे
बझाङ १९ असार । बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नं २ दहबगर बस्ती घर भएकी २० बर्षीया ललीता कुमारी धामीको हत्या गरेको माधव बोहराले स्वीकार गरेका छन् ।
मंगलबार दहबगरको खोचेगडा भन्ने स्थानमा ललीता मृतक भेटिइपछि आशंकामा कालंगा हाइड्रो प्रालीमा काम गर्ने जेसीबी चालक माधव बोहरा लाई घटनामा संलग्न भएको भन्दै हिजो प्रहरीले नियन्त्रणमा लिएको थियो ।प्रहरीका अनुसार मृतक ललिताको र माधव प्रेम सम्बन्ध रहेको बुझीएको छ । तर ललिता र माधव विच विवाह गर्ने विषयमा विवाद भए पछि माधव वोहराले हत्या गरेको हुँ भनी स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख सूर्यबहादुर केसीले जान्कारी दिएकाछन ।
महेन्द्र उमावि गिरौमा कक्षा १२ मा पढ्ने ललिता धामी मंगलबार दहबगरको खोचेगडा भन्ने स्थानमा मृतक भेटिएपछि सो घटना रहस्यमय भएको भन्दै प्रहरीले शंकास्पद व्यक्तिको खोजी गर्दा जेसीबी चालक माधव बोहरा र सहचालक गोपाल बोहरासहित खडक विष्टलाई घटनामा संलग्न भएको आशंकामा प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।
प्रहरीले नियन्त्रणसंगै छान्नि गरे पटि डडेल्लधुरा परशुराम नगरपालिका वडा नं।९ जोगबुडा बस्ने वर्ष २६ का माधव बोहराले हत्या गरेको स्वीकार गरे पछि वोहरालाइ ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।