फरक क्षमता भएकालाई रामपुरमा कुखुराका चल्ला वितरण
पाल्पा : फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई कुखुराका चल्ला वितरण कार्यक्रम रामपुरमा भएको छ । वडास्तरिय अपाङ्गता हेरचाह सहयोग समिति रामपुर नगरपालिका वडा नं ५ को आयोजनामा एक कार्यक्रमका बीच फरक क्षमता भएका व्यक्तिलाई आयआर्जनका लागि कुखुराको चल्ला वितरण गरिएको छ ।
समितिका अध्यक्ष डिलमान सिं रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कार्यपालिका सदस्य तथा वडा सदस्य सावित्रा गौतम, न्यायपालिका सदस्य तथा वडा सदस्य विष्णुप्रसाद बस्याल र वडा सदस्य माया नेपालीले बोल्दै फरक क्षमता भएपनि कुखुरापालन व्यवसाय गरी आयआर्जन बढाउन सकिने बताउनुभयो ।
अपाङ्गता हेरचाह कार्यक्रम अन्र्तगत वडाका ३० जना फरक क्षमता भएका व्यक्तिलाई गिरिराज जातको प्रतिव्यक्ति दश÷दश वटा कुखुराका चल्ला वितरण गरिएको हो । कार्यक्रमको संचालन समितिका सचिव भानुभक्त न्यौपानेले गर्नुभएको हो ।