गृहको सचिप को गाडी समात्ने ट्राफिक प्रहरी लाई युवाहरुले सडकमै स सम्मान
काठमान्डौ १३ अषार गृह मन्त्रालयका सह सचिव रामकृष्ण सुवेदी सवार गाडीलाई कारवाही गरेका ट्राफिक प्रहरीलाई सडकमै सम्मान गरिएको छ ।
सिंहदरबारको पूर्वी गेट अगाडि अनाधिकृत रुपमा पार्किङ गरेर राखिएको सरकारी गाडीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले लक लगाएका थिए ।
गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सुवेदीले पार्किङ गर्न निषेध गरिएको स्थानमा बा २ झ ४३८८ नम्बरको सरकारी गाडी राखेको भनि आरोप लगाइएको थियो । सरकारी गाडीलाई कारबाही गर्ने हिम्मतिला प्रहरी
जवान कमलेश कुमार र टीकाराम बुढा लाई युवाहरुले सडकमै स सम्मान गरेका छन । कारवाही गरेर चर्चामा आएका ट्राफिक प्रहरीलाई युवाहरुले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका ह’न ।
गाडी गृहको हो तर सुबेदीको होइन यता सत्यतथ्य नबुझिकन आफूलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले खेद प्रकट गरेका छन् ।
अरुको मानहानी हुनेगरी सत्य नबुझिकन समाचार प्रकाशित भएको भन्दै सुवेदीले त्यो आफ्नो गाडी नभएको र आफु हुन्डाइको ३५१७ नम्वरको गाडी चड्ने गरेको दाबि गरेका छन ।