तनहुँका आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता
काठमाडौं - सरकारले भूकम्प पीडितको लाभग्राहीमा नपरेका तनहुँका दश स्थानीय तहका आठ हजार ८९२ परिवारले गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराएका मध्ये हालसम्म चार हजार ४६८ परिवारको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको जानकारी दिएको\ छ ।
असार १५ गतेभित्र सबै घरधुरीको सर्वेक्षण गरिसक्नुपर्ने भए पनि केही स्थानीय तहमा तोकिएकै मितिभित्र सर्वेक्षणको काम नसकिने जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनु भएको 5।यसअघि गत जेठ मसान्तसम्म सर्वेक्षण गर्ने समायवधि भए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले समय थप गरेको थियो ।
व्यास नगरपालिकामा एक हजार ४४२ गुनासो दर्ता भएकामा ४९५, भानु नगरपालिकामा तीन हजार ७८४ गुनासो दर्ता भएकामा एक हजार २१०, बन्दीपुर गाउँपालिकामा ५४५ गुनासो दर्ता भएकामा ३१५, म्याग्दे गाउँपालिकामा ७१७ गुनासो दर्ता भएकामा ४७०, शुक्लागण्डकी नगरपालिकामा एक हजार ५० गुनासो दर्ता भएकामा ६६२, रिसिङ गाउँपालिकामा १२८ गुनासो दर्ता भएकामा ९० घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ ।