भक्तपुरमा एक ६० वर्षीया वृद्ध महिलाको हत्या
भक्तपुरको खरिपाटीस्थित बाँसघारीमा ६० वर्षीया एक महिलाको हत्या भएको छ ।
सिन्धुपाल्चोकको बाँडेगाँउ स्थायी घर भएकी साबित्री भट्टराईको हत्या भएको प्रहरीले जनन्कारी दिएका छन । ।
छोरीको डेरामा बस्दै आएकी उनलाई आज बिहान ११ बजेतिर मोटरसाइकलमा आएका दुईजना हतियारधारी सम’हले आक्रमण गरी हत्या गरेर फरार रहेका स्थानीयको भनाइ उदृतगर्दै भक्तपुर प्रहरी परिसरका डीएसपी रेवतीरमण पोखरेलले बताएको छ।
प्रहरीका अन’सार मोटरसाइकलमा आएका दुईजना युवाले हत्या गरेको स्थानीयको भनाइका आधारमा घटनाबारे अनुसन्धान सुरु गरिएको बताइएको छ ।