गाउँपालिका अध्यक्षले मनपरी गर्दा वडाध्यक्षहरूले गाउँसभा बहिष्कार
बझाङ बझाङको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले आगामीआर्थिक वर्ष ०७६र७७ का लागि योजना बाँडफाँड गर्दा मनपरी गरेको भन्दै वडाध्यक्षहरूले गाउँसभा बैठक बहिष्कार गरेका छन् । अध्यक्ष लेजनताको आवश्यकताभन्दा पनि आफ्नो चाहनाअनुसार बजेट वितरण गरेको भन्दै सबै वडाध्यक्षले बैठक बहिष्कार गरेका हुन् । आगामीआर्थिक वर्ष ०७६र७७ का विनियोजन भएको पुँजीगत ९ करोड ८२ लाखमध्ये ७ वटा वडाबाट माग भई आएका योजनाका लागि प्रतिवडा ३० लाखका दरले २ करोड १० लाख विनियोजन गरी बाँकी ७ करोड ७२ लाख आफ्नै मनोमानीले बजेट वितरण गरेको वडाध्यक्षहरूको दाबिरहेको छ । ‘स्थानीय सरकार सञ्चालन ऐन र नीति विधिले निर्देशित गरेअनुसार गाउँपालिका चल्नुपर्ने हो । त्रर यसको कुनै पालना नभएर व्यक्तिको आदेशका भरमा चल्न थालेपछि हामीले विरोध गरुनर्’ परेको ,’ वडा ६ का अध्यक्ष तिलकबहादुर खडकाले बताउन”्र भएकाछन । सबै वडास्तरबाट माग भई आएका जनताका आवश्कतामा आधारित योजना सम्बोधन नहुने भएपछि हामीले गाउँसभा बहिष्कार गरेका हौं ।’ उनले गाउँसभा बैठक बोलाउँदासमेत आफूहरूसँग सल्लाह नगरैर अध्यक्षले मनपरी योजना बाँडफाँड गरेको बताएकानछन ।
उनले योजना बाँडफाँड गर्ने विषयमा अघिल्ला वर्षमा पनि अध्यक्षले मनोमानी गर्दै आएको र अति भएपछि गाउँसभा नै बहिष्कार गर्नुपरेको वडाध्यक्षहरूको गुनासो छ । ‘आफ्नै वडामा हालिएका योजनाबारे हामीलाई थाहा हुँदैन । एकैपटक उपभोक्ता समिति वनाएर वडामा सिफारिस माग्न आएपछि मात्र योजना परेको रहेछ भनेर थाहा पाउछौं,’ वडा २ का अध्यक्ष डबलबहादुर सिंहले भने, कार्यपालिकामा यो विषयमा निर्णय हुन्छ । नअरू बैठकहरूमा छलफल हुन्छ । आफ्नै मनोमानीले योजना वितरण हुने गरेका छन ।’
गाउपालीका गाउँ कार्यपालिका बैठकमा समेत आफ्ना विचार राख्न नदिने, आफुलाई मन लागेको व्यक्तिलाई मात्र बोल्न दिने र कुनै पनि विषयमा छलफल नगरीकन दवावका भरमा निर्णय गर्ने प्रवृत्ति हावी हुँदै गएको वडाध्यक्षहरूको भनाइ छ ।
‘जनताका समस्याबारे कहिल्यै छलफल हुँदैन । हामी जनप्रतिनिधिहरूलाई रबर स्ट्याम्प जस्तै बनाइएको छ,’ एक वडाध्यक्षले भने, ‘आफू मात्र जनप्रतिनिधि हुँ । मैले जे भन्यो त्यही लागू हुनुपर्छ भन्ने दम्भ अध्यक्षको छ । हामीले जनताका समस्याको विषयमा छलफलै गर्न पाएका छैनौं ।’ खप्तड छान्ना गाउँपालिका अध्यक्ष रोकायाले गाउँसभामा आफुले नीति तथा कार्यक्रम मात्र प्रस्तुत गर्न खोजेको तर बजेटको बाँडफाँड नगरिसकेकोले विरोध गर्नुको कुनै औचित्य नभएको बताए छन ।
कान्तिपुर बाट